बाँके पुस २१ गते ।
नेपालगन्ज पुरैनाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एकजना समातिएका छन।
लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित प्रमोद सोनकरलाई पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा बस्ने २१ बर्षका सोनकलाई पक्राउ गरिएको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तिले जानकारी दिनुभयो ।
उनलाई जिप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि निमित्त प्रहरी प्रवक्ता घर्तीले बताउनुभयो ।
Discussion about this post