बाँके पुस २२ गते ।
नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त नगर निर्माणका लागि अभियान थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहका अनुसार बालश्रम मुक्त नगर निर्माणका लागि नगरमा अनुगमन सुरु गरिएको हो ।
१४ वर्ष उमेर समूहभित्रका कुनैपनि बालबालिकालाई काममा लगाउन नपाइने कानुनी प्रावधान छ । १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काममा लगाउँदा पनि श्रम कार्यालयको स्वीकृति लिनु पर्ने कानुनी व्यवस्था छ । त्यसमा अभिभावकको समेत अनुमति आवश्यक पर्छ ।
तर नेपालगन्जका होटल, ग्यारेज, इट्टाभट्टालगायतका श्रमस्थलमा सानासाना बालबालिकाहरुलाई जोखिमपूर्ण काममा लगाएको पाइएको छ ।
वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले कानुन विपरीत जोखिमपूर्ण श्रम गर्न नपाइने भन्दै कानुन विपरीत श्रममा लगाउनेलाई सम्झाउने काम गरिने बताउनुभयो । पहिलो दिन नेपालगन्जका ३० बढी साना तथा मझौला होटल र आज दोस्रो दिन आधादर्जन ग्यारेजहरुको अनुगमन समेत गरिएको छ ।
श्रम कार्यालय, घरेलु कार्यालय, प्रहरीलगायतको उपस्थितिमा अनुगमन भइरहेको हो ।
Discussion about this post