
बैंगलोर असोज ६ गते । तेस्रो तथा अन्तिम टी २० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि शानदार जित निकालेको छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम टी २० मा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएपछि सिरिज बराबरीमा टुंगिएको हो । पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–२० भारतले जितेको थियो ।
बैंगलोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
भारतका लागि शिखर धवनले सर्वाधिक ३६ रन बनाउँदा ऋषभ पन्त र रवीन्द्र जडेजाले समान १९–१९ रनको योगदान गरे । दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिएका थिए ।
१ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ बल बाँकी हुँदा नै मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा क्वीन्टन डी ककले सर्वाधिक ७९ रनमा नट आउट रहे । उनको यो टी २० मा सर्वाधिक रन पनि हो । ५२ बल खेलेका डी ककले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
रिजा हेन्ड्रिक २८ रनमा आउट हुँदा टेम्बा बभुमा २७ रनमा नट आउट रहेका थिए । दक्षिण अफ्रिकाले गुमाएको एक मात्र विकेट हार्दिक पाण्ड्याको नाममा रहयो। यो समचार उज्यालो बाट साभार गरीयको हो
Discussion about this post