बाँके पुस २७ गते ।
नेपालगन्जको जमुनाह नाकामा मंगलवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यसमा ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो । दैनिकरुपमा ४० देखि ४३ जनासम्मा भाइरस संक्रमण देखिने गरेको छ ।
भाइरस संक्रमितलाई व्यवस्थित गर्न एउटा छुटै कक्ष स्थापना गरिएको छ । एन्टिजेन परीक्षणलाई व्यवस्थित गर्नका लागि लाइनको व्यवस्था गरिएको छ ।
नेपालगन्जको जमुनाह नाकाबाट दैीनक चार देखि पाँच हजारसस्म्म मानिसहरु ओहोरदोहोर गर्ने गरेको विष्टको भनाइ छ ।
जमुनाह प्रहरीले सबैसँग समन्वय गरेर ओमिक्रोनको जोखिम न्यूनिकरणका लागि काम भइरहेको बताउनुभयो । उहाँले नाकामा हुने भीडभाड व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो ।
Discussion about this post