बाँके माघ ६ गते ।
आज नेपालगन्जमा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार आज नेपालगन्जको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियसमा झरेको छ ।
गएको मंगलबारसम्म यो तापक्रम १० डिग्री सेल्सियस थियो । न्युनतम तापक्रम घट्दा चिसो बढी महसुस हुने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिनुभयो ।
यद्धपि नेपालगन्जमा ०.३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको रेकर्ड छ । सन् २०१३ जनवरी १० मा नेपालगन्जको तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगन्जसहितको आसपासमा हल्का वर्षा भएको छ । जस्का कारण चिसो झन बढेको छ ।
Discussion about this post