बाँके माघ १० गते ।
बाँके प्रहरीले नेपालगन्ज पुरैनीबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित अनवर अलीलाई पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका पुरैनी बस्ने २७ बर्षका अनवरलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
उनलाई जिप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।
Discussion about this post