बाँके माघ ११ गते ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व फेरिने बताउनुभएको छ ।
नेपालगन्जका पत्रकारहरुसँग आज कुराकानी गर्दै उहाँले सत्तागठबन्धनबीच भएको सहमति अनुसार नेतृत्व फेरिने बताउनुभयो । ‘आठ–आठ महिना नेतृत्व गर्ने सहमति भएको हो भने माओवादीले छोड्नु पर्छ उहाँले भन्नुभयो–‘सहमतिका लागि कोही बाधक बन्नु हुँदैन् ।’ अर्को प्रसंगमा उहाँले स्थानीय तहको निर्वाचन अघि नै संसदीय चुनाव गर्नुपर्ने धारणा राख्नुभयो ।
संबिधानतह निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने उहाँको भनाइ छ । पार्टीभित्रको गुटउपगुट निर्वाचन सकिएपछि समाप्त भएको भन्दै उहाँले अव काँग्रेस बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले वीपी र मातृकाकै पालादेखि काँग्रेसमा गुटउपगुट भएको भन्दै यसलाई स्वभाविकरुपमा लिनु पर्ने बताउँदै उहाँले गुटउपगुटका कारण पार्टी कमजोर हुन नहुने बताउनुभयो ।
Discussion about this post