बाँके माघ १३ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान नेपालगन्जको जयसपुरबाट बरामद भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना, फलफुल, तरकारी लगायतका सामान बरामद भएको हो ।
बुढाका अनुसार बरामद गरिएको दुई लाख २० हजार मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post