काठमाडौं माघ १४ गते ।
दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको छ ।
मदागास्करमा ४१, मोजाम्बिकमा १८ र मालावीमा ११ जनाको ज्यान गएको पछिल्लो विवरण प्राप्त भएको छ । तीन देशका उद्धारकर्मीले पूर्ण क्षतिको मूल्याङ्कन गर्न कठिनाइ भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
जिम्बाब्वेमा आएको आँधीको प्रभावहरू भने बिस्तारै हट्दै गएका छन् । त्यहाँ जनधनको क्षति भए÷नभएको बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।
Discussion about this post