
समीर अलि बाँके असोज ६ गते। वडा प्रहरी कार्यालय बाँकेले रातीको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिन सुरु गरिएको छ । गत दुुई दिनको अन्तरालमा राती नेपालगञ्ज बजारमा हल्ला गर्दै मोटरसाइकलमा सवार युवाहरुलाई नियन्त्रणमा लिएर अभिभाबकको जिम्मा लगाएर रिहा गरेको हो । मोटरसाइकलमा बिना हेल्मेट र हल्ला गर्दै हिंडेको अवस्थामा पक्राउ गरेर अब देखि यस्तो गलत कार्य नगर्ने सर्तमा रिहा गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले बताउनुभयो । रातीको समयमा यस्तो गुन्डागर्दी र हल्ला गर्दै समाजमा नकारात्मक असर पुर्याउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रमुख प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । अनुशासन पुर्बक रातीको समय र अन्य कुनै या अरु कारण बस सबै हिंड्न् पाइन्छ तर उच्छृङ्खल गतिविधि र आवारागिरी गर्नेलाई कारबाही गर्ने प्रहरी निरीक्षक बस्नेतले अठोट समेत लिएका छन् । उनले भने मेरो कार्यकालमा मैले यस्तो आवारागिरी र,उच्छृङ्खल गतिविधि र गुंडागर्दी हुन नदिने समेत बताउनुभयो । दसैं पनि नजिकिदै छ, चाडँ पर्बमा कुनै किसिमको नराम्रो कुरा हुन नदिने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
Discussion about this post