बाँके माघ २१ गते ।
लागू औषध मुद्दाका एकजना फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चन्दनाथ गाउँपालिका ५ जुम्का २५ वर्षीय राजेन्द्र सुनारलाई खजुरा गाउँपालिका ६ सिमलघारीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनारलाई गएको चैत २५ गते जिल्ला अदालत बाँकेले लागु औषध मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष दुई महिना २७ दिनको कैद र दुई हजार पाँचसय रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतको आदेशपछि उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय र इप्रका धनौलीको टोलीले सिमलघारीमा लुकिछिपी बसेको सूचनामा खोजतलास गर्दा सुनार पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई आज जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post