बाँके माघ २४ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।
तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले भारतबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएपछि मातहतका प्रहरी अधिकारीहरु नाकामा कडाइका साथ काम गरिहेका छन् ।
उनीहरुले भन्सार छलिका अवैध सामानहरु धमाधम बरामद गरिरहेका छन् । लागु औषध विरुद्धपनि आक्रमकरुपमा प्रस्तुत भएका छन् ।
Discussion about this post