जुम्ला माघ २५ गते ।
कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन ।
ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताउनुभयो । चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको थियो ।
अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ ।
Discussion about this post