भगतराम थारू
बाँके असार ४ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिणामको लागूऔषध बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार विहान ९ बजे पुरैनी स्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागूऔषध अनुसन्धान ब्यूरो नेपालगञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९ बर्षिया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ बर्षिया वीरबहादुर नेपाल, सोही ठाउँका ५० बर्षिय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ बर्षिय अम्मरबहादुर दराई रहेका छन् । उनीहरुलाई ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको प्रहरीले जनाएको छ ।
Discussion about this post