बाँके माघ २५ गते ।
बाँकेको डुडुवा गाउँपालिका–१ हजरथ सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा उक्त काठ फेला पारेको थियो ।
प्रहरीले बरामद गरेको काठ हजरथ सामुदायिक वनका पदाधिकारीलाई बुझाएको जनाएको छ ।
Discussion about this post