
खोजखबर संवाददाता सल्यान असोज ७ गते । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदैँ प्रबिधियुक्त बनाउन थालिएको हो । बिगतका दिनहरुमा ओपिडी देखी लिएर हरेक कक्षहरुमा कागजको प्रयोग हुदैँ आएको थियो ।
तर अहिले करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको छ । स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरे देखि उपचार हुँदा र बाहिरिँदा सम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो । मंगलबार निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गर्नुभएको छ ।
निक साइमन्स इन्स्टिच्यूट नामक एउटा नेपाली संस्था करिब ४० लाख रुपैँया र कोजेक नामक संस्थाको करिब ६० लाखको लागतमा जिल्ला अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्डको शुरुवात गरिएको निक साइमन्स इन्स्टिच्यूट कर्णालीका जर्नादन पाठकले बताउनुभयो । जिल्ला अस्पतालमा ५ जना डाक्टर, प्रत्येक बर्ष ३ देखी ५ लाख रुपैँयाको सामाग्री खरिद, यूएएम मेसिन खरिदमा पनि सहयोग गरेको उहाको भनाई छ ।
स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माले बताउनुभयो ।
Discussion about this post