खोजखबर संवाददाता बाँके असोज ७ गते । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण नेपाल बाँकेले मंगलवार सामाजिक लेखा परिक्षण गरेको छ।
सो संस्थाका अध्यक्ष प्रकाश नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले सामाजिक लेखा परिक्षण गरेर संस्थाले पारदर्शीता र जवाफदेहिताको नीति अवलम्वन गरेकोमा खुसी व्यक्त गरेका थिए ।
संस्थाको कार्यक्षेत्रभित्रका जनप्रतिनिधि समेतलाई बोलाएर गरिएको कार्यक्रममा संस्थाले गर्दै आएका कामहरुको बारेमा समेत जानकारी गराइएको कार्यक्रमका निर्देशक केशव नेपालीले जानकारी दिए । पछिल्लो समय वादी समुदायले विभिन्न रोजगारका कार्यक्रममा सहभागी हुने क्रम बढेको नेपालीले बताए।
उहाँले वादी समुदायका परिवारहरुले आफ्ना छोराछोरीलाई पढाउन थालेको पाइएको पनि जानकारी गराएँ । कार्यक्रममा वडा नम्वर ६ का वडाअध्यक्ष समिरप्रताप सिंह, ७ का अध्यक्ष जुम्मान खाँ, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले आफ्नो भनाई राखेका थिए ।
Discussion about this post