सन्ध्या शर्मा बाँके असोज ७ गते ।
नेपालगन्ज राष्ट्रकवि माधब प्रसाद घिमिरे को १०१ औ जन्मोत्सव मङलबार नेपालगन्जमा मनाइएको छ।
बार्दली फाउन्डेसन, ऋियटिभ बुक्स, मेरो टुकि प्रज्ञालय, मध्यपश्चिम श्रष्ठा समाज र सम्पर्क मिडियाले संयुक्त रुपमा शताब्दी जन्मोत्सव आयोजना गरेको हो।
प्राज्ञ सन्त रेग्मिले रास्ट्रकवि घिमिरे नेपाली साहित्यमा पुर्याएको योगदान को चर्चा गर्दै पुनः संस्कृति को बिकास गर्नु पर्ने मा जोड दिनु भयो। गजलकार खगेन्द्र गिरि कोपिलाले राष्ट्र कवि घिमेरेको ब्यक्तित्वमाथी परिचर्चा गरेका थिए ।
मध्यपश्चिम श्रस्टा समाज का अध्यक्ष सिजेन लम्साल को अध्यक्षता मा भयको कार्यक्रम मा साहित्यकार किरण आचार्य, बिष्णु कुमाल , भोजराज शर्मा नादिर , हेमन्तराज काप्ले , सन्तोषी बिष्ट ,इङ्ल्यान्ड का साहित्यकार कृस वाल्डी लगायत ले आ-आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post