बाँके फागुन १ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिकविद्यालयको नक्सांकनको तयारीमा रहेको बताउनुभएको छ ।
आइतबार खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामामन्त्रीपौडेलले देशभर सार्वजनिकविद्यालयको अवस्था‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताउनुभयो ।
देशभरका सार्वजनिकविद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइनमार्फत हेरि आवश्यकताअनुसारकाभौतिकपूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतकाशीर्षकमा बजेट छुट्याउन सकिने बताउनुभयो ।
‘सबै विद्यालयको भौतिकअवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँचाहिने आवश्यकपूर्वाधार, आइसीटी ल्याबबनाउने गरी मन्त्रालयले तयारी गरेको छ, ’मन्त्रीपौडेलले भन्नुभयो, ‘कुनजिल्लाको कुनविद्यालयको अवस्था कस्तो छ भन्ने अब वेभसाइटमा हेरेर थाहा हुन्छ ।’
मन्त्रालयमाआउने सबैले सार्वजनिकशिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको बताउनुभयो ।
विद्यालय राम्रो बनाउनप्रध्यानध्यापक नै सक्रियहुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमाविद्यालयनमुनाबनाउन सकिने तर्क गर्नुभयो ।
उहाँले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गर्नुभयो ।
७५३ स्थानीयपालिकामाप्राविधिकतथाबहुप्राविधिकशिक्षालय पु¥याउने कामभइरहेको बताउँदै भएकालाई नियमन गरी थपव्यवस्थितगरिने बताउनुभयो ।
Discussion about this post