बाँके फागुन ७ गते ।
अनादर चेक मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–८ का ४७ वर्षीय सोमप्रसाद थारुलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
थारुलाई जिल्ला अदालतल बाँकेले २०७८ असोज १७ गते दोषी ठहर गर्दै एक महिना कैद सजाए सुनाएको थियो । त्यसपछि उनी सम्पर्कविहीन थिए ।
पक्राउ परेका थारुलाई आज जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भइरहेको छ ।
Discussion about this post