धनगढी फागुन ८ गते ।
कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ५७ वर्षीय बृख कामी रहेका छन् ।
उनको साथबाट भालुको ९२ ग्राम पित्त र २४ ग्राम यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
यस्तै कामीको अत्तरियास्थित डेरा कोठाबाट समेत थप ५०० ग्राम यार्सागुम्बा पनि बरामद गरेर उनीमाथि अनुसन्धान भइरहेको बलमे बताए ।
Discussion about this post