अमेरिका असोज ८ गते । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानविन सुरु गर्ने निर्णय भएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट राजनीतिक सहायता खोजेको भन्दै उनी बिरुद्ध औपचारिक रुपमा महाअभियोग अनुसन्धान खुल्ला गरिएको हो ।
उनले राष्ट्रपति ट्रम्पले संविधानको उलंघन गर्दै राष्ट्रका लागि घात गरेका यथेष्ट प्रमाणहरू भेटिएको भन्दै संसद उनीमाथि महाअभियोगको प्रस्ताव अगाडि बढाउने निर्णयमा पुगेको बताइन् ।
यसैबिच, सभामुख न्यान्सी पेलोसीको यो घोषणालाई राष्ट्रपति ट्रम्पले हाँस्यास्पद भएको बताएका छन् । उनले आफूले अमेरिकाका लागि राम्रो गरिरहेको बताउँदै यो निर्णय दुर्भाग्यपूर्ण भएको बताए । ट्रम्प संयुक्त राष्ट्र संघको महासभामा सहाभागी हुन न्युयोर्कमा रहेको बेला वासिङटन डीसीमा यस्तो घोषणा गरिएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post