सुष्मा सुब्बालामा
काठमाडौं फागुन ११ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभावपारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनिआआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतकादुईवर्ष भौतिकरुपमाजाँचनगराउँदापनिहुने, अनि यो वर्ष मात्रै किनविद्यार्थीलाई एसइइको हाउगुजी देखाउने त ? यो प्रश्नगम्भीर रुपमा तेर्सिएको छ ।
पहिलेदेखि नै एसइइ अर्थात् साविकको एसएलसीखारेज गरौँ भन्दै सरकारी निकायकापदाधिकारीहरु कराउँदै आए ।होमाहो गर्दै निजीविद्यालयअन्तर्गतकाप्याब्सन, एनप्याब्सनहरु पनिनिकै तातेकै हुन् । तथापिअहिले यस्तो अवस्थामाभौतिकरुपमाविद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी सबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ ।
एसइइमाअहिले जम्माजम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएकाविद्यार्थीहरु करीब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकिउनीहरु नै त्यस्ताविद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षालिए, भौतिकरुपमालामो समय घरमै बस्नुपर्ने बाध्यताभयो ।
यसअघि र त्योभन्दापनिपहिलो वर्ष सरकारले मेरिटका आधारमाजाँचलियो,नतिजापनि सोहीप्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालनगर्ने, अनिदुई महिनामै कोर्ष पनि सकिने र परीक्षाकालागितमामविद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन ।
फेरि एसइइको ‘वेटज‘लाई लिएर विगतदेखि नै यो केही समयसम्मकालागिमात्रै हो, अन्ततोगत्वाकक्षा १२ नै विद्यालयस्तरका पढाइका लागिमुख्य ढोकाहो पनिभनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदिविद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालयजाँदैन ।
किनभने फेलपास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमालिएको हुन्छ । यो पालाको एसइइ परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्मकोभिडका विभिन्नप्रकारका वेभहरुबाट प्रभावितभएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्ट लेभल पनिकमजोर भएको छ ।
केही समयअघि पनि सरकारले भौतिकरुपमाकक्षा सञ्चालननगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनितिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरीतसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइइकालागितयार होऊ भन्ने नैतिकआधार हामीसँग छ त ?यहाँनेर मेरो प्रश्नहो ।
उमेरकाहिसावले पनि एसइइ दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अद्र्धचेतनमस्तिष्कपनिबलियो र पूर्णरुपमा सोच्ने अवस्थामापुगिसकेको हुँदैन ।
स्मरणशक्तिका हिसावले पनि यो उमेर समूहकाबालबालिकाहरु कमजोर नै हुन्छन् ।बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोकाबन्दहुँदाअर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनिभएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसइइ अर्थात् विगतको एसएलसी ‘आइरन गेट‘ हो भनिँदै आइयो ।
विद्यार्थी पनिएसइइलाई यसरी तयारी गर्नुपर्छ किमानौँ जीवनको ठूलो उपलब्धी नै त्यहीहो भन्नेमाविश्वस्त छ । स्कुलहरु पनिदिनरात एसइइकै तयारीमाहुन्छन्, सकेसम्म बढी अंकल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कित्यसको कुनै सीमा नै हुँदैन ।
यस्तो अवस्थामाअहिले सरकारले जुनप्रकार भौतिकरुपमाउपस्थित गराउँदै एसइइको जाँचगर्ने उद्घोष गरेको छ, त्यसकाबारेमा केही सोच्ने हो किभन्ने मेरो भनाई हो ।
मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँतआउने हो । त्यसैगरी अद्र्धचेतनमनको विकास पनिक्रमिकरुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइइको जाँचदिने तयारी गरिरहेका छन्, तिनलाई त तीनतीन पटकको कोभिड १९ काविभिन्नप्रकारका वेभहरुले यतिगलाई सकेको छ किअबउनीहरु दौडननसक्ने अवस्थामापुगिसकेका छन् ।
विगतमापनि केहीविद्यार्थीहरुलाई ‘कोभिड फोबियॉकै कारण समस्याआएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएकाथिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए‘ नै ल्याउँछन् भन्ने पनि छैन ।
विद्यार्थीहरुमामहामारीको फोबियायति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिनखोजिरहेको छ, अनि यस्तो बेलामाएसइइको झोलाबोकाएर ‘हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बालमस्तिष्कमानकारात्मकप्रभावपार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमापनि यो वर्षसम्मकाविद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ ।
अहिले एसइईको जाँजदिनलागेकाविद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर‘मा रहेकाविद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्तहोइन । सम्बन्धितनिकायले बेलैमायसकाबारेमा सोच्नुपर्छ ।
हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे ।
तर त्यो कतिप्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायामनहुँदाविद्यार्थीहरु भद्दा भएका छन् ।
शिक्षकले भनेको भन्दाप्रविधिमा देखेका र भेटेका कुरामाअहिलेकाविद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीयविषयबन्ने गरेको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपयअभिभावकहरुले आफ्नानानीहरुलाई रायसल्लाहदिन सके पनिहोलनन्, तर धेरैको अवस्था फरक छ ।
शिक्षकले भौतिकउपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाईन, नपढ अनलाईन भनेजस्तो भयो । अनलाईनको भूतले पनिविद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्तविद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ ।
आइसबर्गमामात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तलत्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यानगएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फीरुपमामात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामासिध्याऊभन्ने, अनि परीक्षाको लागिआफ्नाविद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनिन्यायसंगत कुरा होइन ।
अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमितबनाइदिएको छ । सामाजिकरुपमापनिहाम्राविद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हलगर्नुपर्दछ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दापनिअब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनिभोलिकादिनमा सरकारले सोचेजस्तो उच्चशिक्षाकालागिहाम्राविद्यार्थीहरु तयार हुन्थे कि?
(लामा मन्टेश्वरी एसोसिएसन नेपालको केन्द्रीयअध्यक्ष हुनुहुन्छ )
Discussion about this post