बाँके असोज ८ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खानले आफ्नो वडालाई २ वर्ष भित्र स्वास्थ्य, शिक्षा पहुच बढाउने र फोहोरबाट मुक्त राख्ने प्रतिवद्धता गरेका छन ।
वडामा भइरहेको गतिविधि र बिकास तर्फका विभिन्न कुराहरुलाइ समेटेर अनलाइन खोजखबर डट कमले गरेको कुराकानीमा उनिले यस्तो जनाएका हुन ।
वडा न ७ का अध्यक्ष खानले वडाको बजेट अनुसार ३५ प्रतिसत काम गरिसकेको र त्यसमा भएका केही उपलब्धि कामहरुको बारेमा चर्चा समेत गरे ।
वडा अध्यक्षले वडामा रहेको १ करोड १ लाख ७४ हजारको बजेट मध्य अपाङ्ग, शिक्षा, स्वास्थ, जेष्ठ नागरिक र अन्य समाजिक हितका लागि पनि केही रकम छुट्याको बताए ।
वडामा तीब्र गतिले समाजिक बिकासका कार्यहरु अगाडी बढी रहेको कुरामा प्रष्ट पारे ।
अध्यक्ष खानका अनुसार वडामा सरसफाइ, बाटो घाटाे, नाला तथा अन्य बिकासका कामहरु तिब्र गतिमा भएको जनाएका छन् ।
अध्यक्षले आज सम्म वडाका जनताहरुबाट पुर्ण सहयोग पाएको र अब २ वर्षमा ६० प्रतिशतको कार्यहरुमा पनि जनताले पुर्ण रूपमा सहयोग गर्ने आशा समेत गरेका हुन ।
Discussion about this post