बाँके फागुन १३ गते ।
भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएपछि नेपालगन्जको जमुनाह नाका आजदेखि सील गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन हुने भएपछि आज बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा सील गरिने लागिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
सीमानामा ७२ घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्णरुपमा रोक लगाइने छ । आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने एसपी अधिकारीको भनाइ छ ।
Discussion about this post