बाँके फागुन १९ गते ।
नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतदानमा १४४५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चुन्न आज विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ ।
कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ । आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह प्रतिष्पर्धामा हुनुहुन्छ ।
उपसभापतिमा गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्ण बहादुर कार्की र सुदिपनरसिंह राणा तथा सहसचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जु कुमारी चौधरी र सहसचिवमा रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारु प्रतिष्पर्धी हुनुहुन्छ ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मगगणना अहिले ७ बजेदेखि शुरु हुने जनाइएको छ ।
Discussion about this post