बाँके फगुन २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले लत्ताकपडा, जुत्ता, फेस क्रिम, पाउडर दुधलगायतको भन्सार छलिको सामान बरामद गरेको हो ।
करिव २ लाख ५६ हजार चार सय ५० रुपैयाँ मूल्यको बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post