बाँके फागुन २४ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post