बाँके फागुन २६ गते ।
बाँकेको कोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेसँगै कोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना हुने भएको हो ।
सरकार संचालन ऐन २०७४ ले मालपोत, नापी तथा भूमिसुधारको काम स्थानीय तहमा राखेको छ । सरकारको यो निर्णयसँगै मालपोत कार्यालय नेपालगन्जमा हुने भिडभाड र सेवाग्राहीले पाउने सास्तीमा कमी आउने अपेक्षा गरिएको छ ।
बाँकेको नरैनापुरमा पनि इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने स्थानीयबासीको माग छ ।
Discussion about this post