बाँके फागुन २६ गते ।
बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले व्यवसायीक मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बार्षिक ६ लाख रुपैयाको मह बिक्रि गर्ने गर्दै आएको बताउनुभयो ।
उहाँले विगत १० वर्षदेखि मौरी पाल्दै आउनुभएको छ । तारा मौरी फर्म खोलेर व्यवसायीक रुपमा ७५ घारसम्म मौरी पाल्दै आउनुभएका उहाँले सबै खर्च कटाएर बर्षमा साढ चार लाख रुपैया मुनाफा हुने गरेको बताउनुभयो ।
यही व्यवसायबाट घरखर्च देखि अन्य जीविकोपाजर्न गर्दै आएका उहाँले यसैलाई निरन्तरता दिने बताउनुभयो । पछिल्लो समय महको माग बढ्दै गएपछि बजारको समेत अभाव नभएको उहाँको भनाइ छ ।
Discussion about this post