धनगढी चैत २ गते ।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सुदूरपश्चिममा पनि बिस्तारै चुनावी माहोल तात्न थालेको छ । राजनीतिक दलले उम्मेदवार घोषणा गरिनसके पनि निर्वाचनको तयारीका क्रममा मूलधारका दल जुटिसकेका छन ।
प्रदेश राजधानी रहेको धनगढी उप महानगरपालिकासहित सबै स्थानीय तहमा चुनावलाई लक्षित गरेर सबै दलले टोल कमिटीसमेत गठन गरिसकेका छन् भने टिकटका आकांक्षीको दौडधुप सुरु भइसकेको छ ।
प्रदेशका अन्य मुख्य नगरमा विभिन्न दलका उम्मेदवारका आकांक्षी गत निर्वाचनभन्दा निकै बढी देखिएका छन् । सुदूरपश्चिमको राजनीतिलाई प्रभावपार्ने कञ्चनपुरको भीमदत्तनगर, डडेलधुराको अमरगढी नगरपालिका, कैलालीको टीकापुर जस्ता नगरपालिकामा सम्भावित उम्मेदवारले टोल टोलमा पुगेर आफ्नो आफ्नो दाबी पेस गर्दै निर्वाचनको माहोल बनाउन सुरु गरिसकेका छन् ।
Discussion about this post