काठमाडौं चैत ३ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताउनुभएको छ ।
प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उहाँको विश्वास छ ।
होलीको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय वैशाख ३० भएको बताउनुभयो ।
एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गर्नुभयो ।
कार्यक्रममा उहाँले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकता भाव जगाउन सकून् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
Discussion about this post