तेह्रथुम असोज १० गते । म्याङलुङ नगरपालिका–३ नागदहका ६० वर्षीय फौदबहादुर रसाइलीको अण्डकोष उनकी पत्नीले नै काटेकी छन् । घरयाँसी विवादका क्रममा बिहीबार पत्नी ४५ वर्षीया चन्द्रमाया रसाइलीले उनको अण्डकोष काटेकी हुन् ।
घाइते फौदबहादरको दुवै अण्डकोष बाहिर निस्किएको छ । गम्भीर बनेका फौदबहादुरको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारका लागि जिल्ला बाहिर लैजान नसकिएको घाइतेका आफन्तले बताए ।
पतिको अण्डकोष काट्ने चन्द्रमायालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरिक्षक नविनकिसोर प्रधानले बताए । ज्यालामजदुरी गर्दै आएका रसाइली दम्पती मदिरा सेवन गरी बारम्बार झगडा गर्ने गरेको छिमेकीले बताएका छन् ।
Discussion about this post