काठमाडौं चैत ७ गते ।
शिक्षामन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिकधारमाउत्पादनहुने एउटै तहकाजनशक्ति र लगानीमानिकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ ।
प्राविधिकशिक्षातथाव्यावसायिकतालिम परिषद् (सिटिइभिटी) र शिक्षातथामानव स्रोत विकास केन्द्रबाट सामुदायिकविद्यालयमाप्राविधिकधारकाकार्यक्रम सञ्चालनभएका छन् । एउटै संस्थामादुईथरी पाठ्यक्रम र दुईथरी जनशक्तिउत्पादनको आलोचनाहुनथालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।
सामुदायिकविद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रमविकास केन्द्रले तयार गरेको प्राविधिकधारको पाठ्यक्रमकक्षा ९ देखि १२ सम्म सञ्चालनहुँदै आएको छ । तिनै सामुदायिकविद्यालयमाकक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमाकार्यक्रमसमेत सञ्चालितभएका छन् । शिक्षामन्त्रालयअन्तर्गतका केन्द्र र सिटिइभिटीमार्फत विद्यालयमा पाठ्यक्रममात्रहोइन, शिक्षकको अनुदानतथातालिमसमेत फरक रूपमा सञ्चालनभइरहेको छ ।
सिटिइभिटीको कार्यक्रम सामुदायिकविद्यालय, उसकाआंगिकतथा सम्बन्धनप्राप्तशिक्षालयमा सञ्चालनभइरहेका छन् । माध्यमिकतह (९–१२) माचार सय ८४ विद्यालयमाप्राविधिकधारकाकार्यक्रम सञ्चालित छन् । त्यसैगरी, साढे पाँच सयभन्दा बढी माविमा सिटिइभिटीको डिप्लोमाकार्यक्रम पठनपाठन भइरहेको छ ।
शिक्षामन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिकधारको पाठ्यक्रम समायोजनकालागिआन्तरिक रूपमातयारी भएको जानकारी दिए ।
पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागिप्राविधिकप्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)काव्यवस्थापनबोर्डकाअध्यक्षप्रा.डा.राजेन्द्रप्रसादअधिकारीको संयोजकत्वमा सिटिइभिटीका सदस्यसचिव, पाठ्यक्रमविकास केन्द्रकामहानिर्देशक र राष्ट्रिय परीक्षाबोर्डका सदस्य–सचिव सदस्य रहेको समितिबनेको छ । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्रपौडेलसहितको छलफलपछि समितिबनेको हो ।
समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिकमाध्यमिकमा सञ्चालितप्राविधिकधार कक्षा ९–१२ र प्राविधिकतथाव्यावसायिकतालिमअन्तर्गत शिक्षालय, सामुदायिकमाध्यमिकविद्यालयमा सञ्चालितप्रि–डिप्लोमातथा डिप्लोमाकार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रमतयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मादिएको छ ।
माध्यमिकतह ९—१२ मा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स, कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । सिटिइभिटीमा धेरै कार्यक्रम छन् ।
शिक्षामन्त्रालयले प्राविधिकतथाव्यावसायिकशिक्षामा सबै स्थानीयतहकाविद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चितगर्न अध्ययन समितिबनाएको छ ।
मन्त्रालयले प्राविधिकतथाव्यावसायिकशिक्षामहाशाखाप्रमुखको संयोजकत्वमाशिक्षातथामानव स्रोेत विकास केन्द्रको उपमहानिर्देशक र प्राविधिकशिक्षातथाव्यावसायिकतालिम परिषद्को महाशाखाप्रमुख सदस्य रहने समितिबनाएको छ ।
Discussion about this post