काठमाडौं चैत ८ गते ।
लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र सरकारले विजनेश दिन नसक्दा प्रदेश सभा बैठक अनिश्चित भएको हो ।
सरकार बनाउने र ढलाउने मात्रै होइन कानून बनाउने र जनताको आवाज बोल्ने ठाउँ हो संसद । तर लुम्बिनी प्रदेश सभा बैठक कात्तिक २९ गतेदेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोध र प्रदेश सरकारले विजनेश दिन नसक्दा लुम्बिनी प्रदेश सभाको बैठक बस्न नसकेको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएपछि एमालेले संसद निरन्तर अवरुद्ध गर्दै आएको छ । एमालेले प्रतिनिधि सभामा जस्तै लुम्बिनी प्रदेशमा पनि आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ ।
एमालेले प्रदेश सभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गरेको सूचना संसदबाट आउनु पर्ने माग गरिरहेको छ । तर दुई सांसदको कारबाहीको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । संसद स्थगित भएको ६ महिना भित्र संसद बैठक आह्वान गर्नु पर्ने संबैधानिक ब्यवस्था छ ।
अहिलेसम्म लुम्बिनी प्रदेश सभामा ७४ वटा विधेक दर्ता भएको मध्ये ६७ वटा प्रमाणिकरण भइसकेको छ । २ वटा विधेयक बिचाराधिन र एउटा प्रदेशसभामा पेश हुन बाँकी छ । सरकारले प्रदेश प्रहरीसम्बन्धि विधेक र सञ्चार सम्बन्धि विधेक संसदमा लैजाने तयारी गरेको छ ।
Discussion about this post