बाँके चैत ९ गते ।
नेपालगन्ज उपमहानगरपालिका १८ कारकादोस्थित माध्यमिक विद्यालय लग्दहवामा माबी तहमा एकजना मात्रै दरबन्दी छ । चारवटा विद्यालय रहेको यो वडामा माबी तहको यो एउटा मात्र विद्यालय हो ।
तर यहाँ माबीमा तहमा एक जनामात्रै दरबन्दीमा शिक्षक हुँदा पठनपाठनमा समस्या छ । माबी दरबन्दी बढाउन उपमहानगरपालिका संग भनेपनि पूरा भएन ।
निजि स्रोतमा शिक्षक राख्न वडा कार्यालय संग बजेट अभाव छ । त्यसैले वडा कार्यालयले संघीय सरकारको ३५ लाख बजेटबाट ब्यापारिक भवन निर्माण सुरु गरेको छ । उक्त भवनको आज वडाअध्यक्ष दीपककुमार बर्माले शिलान्यास गर्नु भएको छ ।
६ कोठे सो भवन आगामी असार मसान्तसम्म सक्ने लक्ष्य छ । उक्त भवन भाडामा दिइने छ । त्योबाट आउने रकमले करारमा शिक्षक थप गरिनेछ ।
जस्का कारण वडाका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने छ्न । यस्तै यहि वडाको पाटेश्वरी प्राबी भुजेइ गाउँको विद्यालयको भवन निर्माण गरिने भएको छ । प्रदेश सरकारको २० लाखको लागतमा भवन निर्माण हुने वडाअध्यक्ष वर्माले बताउनुभयो ।
Discussion about this post