(फोटो सहित)
बाँके असोज १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको प्रथम बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा प्रदेश ५ का इन्चार्ज शंकर पोख्रेलको प्रमुख उपस्थितीमा नेकपा बाँकेको पूर्णकालिन बैठक नेपालगंज को जिल्ला समन्वय समिति को हलमा वसेको हो । वैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा प्रदेश ५ का इन्चार्ज पोख्रेलले पार्टी संगठनलाई वलियो बनाउँदै गतिविधिलाई तल्लो कमिटीसँग लैजान निर्देशन दिएको (नेकपा)बाँकेले बताएको छ ।
पार्टीले अब नयाँ सोच र योजनाका साथ अगाडी बढ्नु पर्ने बेला आयको भन्दै नेता तथा कार्यकर्तालाई अब पुरानो सोच र सैली ले पार्टी अगाडि बढ्न नसक्ने जनाए । पार्टी एकीकरणको चरण पुरा गरी सकेकाले अब पुर्व माओवादी पुर्ब एमाले भनेर तछाड मछाड नगर्न र पार्टी लाई अब गतिशील रुप मा अगाडि बढाउन समेत अनुरोध गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाँकेका अध्यक्ष आईपी
खरेलको अध्यक्षतामा भएको बैठकमा पार्टी प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा लगायतले पार्टीका गतिविधिलाई तल्लो कमिटीसँग लैजान निर्देशन दिए ।
नेकपा बाँकेले पुर्णता पाएसँगै जनतामाझ जाने उद्घोष गरेको छ । नेकपा जिल्ला कमिटी बाँकेको पहिलो बैठकमा बाँकेका आठ वटै स्थानिय निकायमा प्रशिक्षण अभियान चलाउने बारे छलफल गरिएको नेकपा बाँके अध्यक्ष खरेलले
बताए ।
Discussion about this post