काठमाडौं चैत १२ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमनगर्नुभएको छ ।
शुक्रबार मन्त्रीपौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटनजोड्ने सडकको अनुगमनगर्नुभएको हो ।
अनुगमनकाक्रममामन्त्रीपौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाईनिर्देशनदिनुभएको छ ।
“सडकको कामकुनै हालतमा नरोकियोस्,” मन्त्रीपौडेलले भन्नुभयो, “प्रभावित स्थानीयलाई मुआब्जादिए सहमतिमै काम अघि बढानुहोला ।”
मन्त्रीपौडेलले कुनै समस्याभए समाधानगर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको कामतीब्र रूपमा अघि बढाउन निर्देशनदिनुभयो ।
यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागिभौतिकपूर्वाधार मन्त्रालयले ४४ करोड रुकमविनियोजन गरी श्रेष्ठ गलवाक्यारवानकम्पनीले सडक चौडा बनाउने कामगरिरहेको छ ।
यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नालीबनाउने काम सकिएर माटो बिच्छाउने कामभइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालकसोमनाथथकालीजानकारी दिनुभयो ।
“हामीले कामतीब्र रुपमागरिरहेका छौं,” सोमनाथथकालीले भन्नुभयो, “असारमसान्तसम्म ५ किलोमिटर सडक पक्कीगरिसक्छौं, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौं ।”
१० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकमविनियोजन गरेको छ । सोही सडकको जिम्मालामा कन्ट्रक्सन प्रालिले लिएको छ ।
Discussion about this post