काठमाडौं चैत १४ गते ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए भने आकाश दीप, वानिन्दु हसारङ्ग र हर्सल पटेलले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।यस्तै, बेङ्ग्लोरका विराट कोहलीले ४१, दिनेश कार्तिकले ३२ तथा अनुज रावतले २१ रन जोडे ।
पञ्जाबका अर्शदीप सिंह राहुल चाहरले १–१ विकेट लिए । यसअघि हिजो नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको थियो । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
Discussion about this post