खोजखबर संवाददाता
बाँके असार १२ गते । स्थानीय तह सन्चालन ऐन र विद्यमान कानुनका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा भएको उक्त तालिममा मधेसी मुस्लिम महिला मन्च नेपालले सहजिकरण गरेको थियो ।
नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्यद्वारा सन्चालित लक्षीत वर्ग अन्तरगत उक्त तालिम हिजबाट सुरु भएको हो ।
नेपालगन्जमा सञ्चालन भएको सो तालिममा मानव अधिकारकर्मि तथा अधिवक्ता विश्वजित तिवारीले विद्यमान कानुनका विषयमा तालिममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त तालिम बाट नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिको कार्य क्षमता अभिवृद्वि हुने अपेक्षा आयोजकले लिएको छ ।
Discussion about this post