
कञ्चनपुर असोज १० गते । कञ्चनपुर जिल्लाको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेड कलकत्ता शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालयका कर्मचारीहरु मृत्यु भएको सदस्यको घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको हो । फरवार्ड संस्था इलाका कार्यालय धनगढी–कैलालीका प्रमुख सन्जय कुमार चौधरीले मृतक काली कुमारी चौधरीका श्रीमान शुन्दर राम चौधरीलाई किरिया खर्च बापत १२ हजार प्रदान गर्नुभयो । सहयोग रकम बुझ्दै शुन्दर रामले समस्या परेको समयमा गरिएको सहयोग कहिल्यै नबिर्सने प्रतिक्रिया दिनुभयो । फरवार्ड संस्थाको केन्द्र नं.४४४ कि सदस्य कालीले लिएको कर्जा रकम रु दुई लाख समेत मिनाहा गरेको दैजी शाखा कार्यालय प्रमुख राकेश थारुले जानकारी दिनुभयो । बिमा रकम हस्तान्तरण कार्यक्रममा कलकत्ता शाखा प्रमुख प्रदिप चौधरीले फरवार्डले कार्यक्रमहरुको माध्यमबाट समुदायमा पु¥याईरहेको सहयोगबारे प्रष्ट पार्नुभयो । कालीको गत भदौ १९ गते मृत्यु भएको थियो ।
Discussion about this post