बाँके चैत २१ गते ।
बाँकेको खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनारले एमाले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गर्नुभएको हो ।
नेकपा एमाले खजुराका नेता तथा राष्ट्रिय युवा संघ नेपाल बाँकेका पूर्व संयोजकसमेत रहेका वडाध्यक्ष सुनारले एमाले बाँकेका सचिवको रबैयाका कारण एमाले पार्टी छाडेको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ–‘नेकपा एमाले बाँके पार्टी सचिवद्वारा मप्रति गरिएको अभिव्यक्ति तपाईं नभए पनि पार्टी चल्छ भन्ने शब्दलाई कार्यान्वयन गर्दै आजबाट नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’
यो वडामा सुनुवार फेरि अध्यक्षमा दोहोरिन खोजिरहनुभएको थियो । तर यहाँ गोविन्द शर्मा बलियो दावेदारकारुपमा आउनुभएको छ ।
Discussion about this post