काठमाडौं वैशाख १ गते ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले लगातार पाँचौँ हार बेहोरेको छ । पुणेमा गएराति भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बईलाई १२ रनले हरायो ।
पञ्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । मुम्बईका देवल ब्रेभिसले ४९ रन र सूर्यकुमार यादवले ४३ रन बनाए ।
पञ्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । पञ्जाबका शिखर धवनले ७० तथा कप्तान मयाङ्क अग्रवालले ५२ रनको अर्धशतकीय पारी खेले ।
मुम्बईका बसिल थाम्पीले २ तथा जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १–१ विकेट लिए । जितसँगै पञ्जाबको ५ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अङ्कविहीन मुम्बई पुछारमा छ ।
Discussion about this post