बाँके बैशाख २ गते ।
जनता समाजवादी पार्टी जसपाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ को वडाअध्यक्षमा मोनुकुमार गुप्ताले उम्मेदवारी दिने भएका छन् ।
आफ्नो वडाको विकास र सम्बृद्धिका लागि आफु चुनाव लड्न लागेको उनले बताए । वर्तमान वडाअध्यक्षले वडाको विकास निर्माणमा प्रभावकारी भूमिका निर्वाह नगरेको र स्थानीयबासी समेत सन्तुष्ट नभएकाले आफु चुनाव लड्नु परेको उनले बताए ।
उनले आफु निर्वाचित भए वडालाई विकासमा नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । एमएस काठ फर्निचर उद्योगका संचालक समेत रहेका उनी व्यवसायीसँगै युवा नेता हुन् ।
Discussion about this post