बाँके बैशाख २ गते ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिहरु आफ्नो चुनावी अभियानमा सक्रिय हुँदा नेपालगन्ज दुर्गन्धित बन्न थालेको छ ।
मेयर डा. धवल शम्शेर राणा राप्रपाको देशव्यापी अभियानमा केन्द्रीत भएका छन् भने उपमेयर उमा थापामगर पनि नेपालगन्ज छाडेर काठमाडौं धाइरहेकी छन् ।
उपमहानगरपालिकाको जिम्मेवारी लिएका मेयर र उपमेयर आफ्नो निहीत स्वार्थमा केन्द्रीत हुँदा कर्मचारीहरुको मनोपली चलिरहेको छ ।
जस्का कारण फोहोर उठ्न सकेको छैन् । नेपालगन्जका विभिन्न ठाउँमा फोहोर थुपारिँदा दुर्गन्ध फैलिएको हो । गर्मीयाममा यसरी सडकभरी फोहोर फालिँदा सरुवा रोगको संक्रमणको जोखिम समेत बढेको छ । अर्काेतिर नाक मुख छोपेर हिड्नु पर्ने अवस्था देखिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक र पर्यटकिय नगरी नेपालगन्जमा आउने मानिसहरुले नगरभित्रको फोहार व्यवस्थापन नहुँदा दुर्गन्धित नेपालगन्ज भनेर उछितो काट्ने गरेका छन् ।
Discussion about this post