बाँके बैशाख ३ गते ।
जनता समाज पार्टीबाट नेपालगन्ज उपमहानगरपालिका–२० को वडा अध्यक्षमा कौसल कुमार धोबीले चुनाब लड्ने भएका छ्न । यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनमा धोबीले चुनाब लड्ने भएका हुन ।
नेपालगञ्ज उपमहानगरपालिकाका बोर्ड सदस्य समेत रहेका उनी बौद्धिक नेताको रुपमा आफुलाई परिचय गराएका छ्न । आफू संग मिसन र भिजन भएकाले स्थानीय तहको निर्वाचनमा बिजयी भए वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छ्न।
अहिले सम्म आफ्नो वडामा कोहि पनि योजनाका साथ अघि नबढेकाले बिकासले गति नलिएको उनको भनाइ छ । आफू निर्वाचित भए गरिब तथा बिपन्न समुदायको उत्थानका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
उनले जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई विशेष सौलियत प्रदान गरिने बताए । सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ तथा अपाङ्गता भएका ब्याक्तीहरु सकि नसकी बैंकमा घण्टौ लाइन लाग्नु पर्ने अबस्थाको आफुले अन्त गर्ने चाहेको उल्लेख गरेका छ्न ।
Discussion about this post