पोखरा बैशाख ६ गते ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् ।अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ ।
तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो ।अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् ।
केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । हिजोको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाण्डौ र ललितपुरबारे सहमति भए पनि पोखराको टुङ्गो लाग्न सकेन ।
कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगरमा प्रमुख दिने, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जको प्रमुख जसपालाई दिने तयारी छ ।
कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज गठबन्धन दलका बीचमा फेरि छलफल हुने र पोखरासहित सबैको टुङ्गो लाग्ने बताउनुभयो ।बैठक बिहान ११ बजे बस्ने तयारी छ ।
Discussion about this post