काठमाडौं बैशाख ७ गते ।
सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको सत्ता गठबन्धनको बैठकले आज यस्तो निर्णय गरेको हो ।
नेपालगञ्जको मेयरको विवाद मिल्न नसेकपछि शीर्ष नेताहरुको छलफल लम्बिएको थियो ।
नेपालगञ्ज कांग्रेसले पाएसँगै ६ वटा महानगर र ११ वटा उपमहानगरमा सत्ता गठबन्धनको भागवण्डा टुंगिएको छ ।
योसँगै आगामी स्थानीय तहको निर्वाचनमा ७ वटा उपमहानगर कांग्रेसले पाउने भएको छ ।
काठमाडौं, ललितपुर र विराटनगर महानगर कांग्रेसको भागमा परेको छ ।
Discussion about this post