बाँके बैशाख ७ गते ।
पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।
बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरेको बताए ।
उनले भोली १० बजे सम्म निर्णय सच्चाउन पार्टीको नेतृत्वलाइ अल्टिमेटम दिइएको बताए । निर्णय नसच्चाए पार्टी परित्याग गर्ने उनको चेतावनी छ ।
Discussion about this post