बाँके बैशाख १२ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ का वडाअध्यक्ष दिपक वर्माको चुनावी अभियान तीब्र बनेको छ । उनी नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।
वडाअध्यक्षमा पुन दोहोरिएका उनले आफ्नो वडामा अधुरा रहेका विकास निर्माणका कामहरु पूरा गरिने प्रतिबद्धताका साथ चुनावी अभियानमा जुटेको उल्लेख गरेका छन् । आफ्नो वडालाई नमुना बनाउने उनको योजना छ ।
यसअघि वडाअध्यक्ष हुँदा पनि वर्माले भौतिक पूर्वाधारको काममा उल्लेखिय काम गरेका थिए । उनीप्रति मतदाताहरुको आकर्षण पनि बढ्दो छ । उनले आफु निर्वाचित भए वडाका सबै ठाउँमा बाटोघाटो पक्की बनाउने, ढल र नाला निकासलाई पूर्णता दिने, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको सवालमा विशेष कार्यक्रम ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो वडामा चुनावी अभियानलाई आक्रमक बनाएका छन् ।
Discussion about this post